गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ।


| सामान्य


मिति २०८० मंसिर १३ गते रघुगंगा गाउँपालिकाको वडा नम्बर ४, दग्नाम निवासी वर्ष ३७ की गर्भवती (अन्दाजी ३० हप्ताको गर्भ) महिला किमाया गर्बुजा पुनलाई अकस्मात बिहान देखि अधिक रक्तश्राब भई निजको स्वास्थ्य अवस्था जोखिममा परेको हुनाले निजको थप उपचारको लागि दग्नाम मैदान (दग्नाम स्वास्थ्य चौकी नजिकै) देखि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हेलिकप्टर मार्फत तत्काल उद्वार गरी थप उपचार गरिएको छ।

पाठेघरमा बच्चा अगाडि साल (Placenta) आई अड्किएको साथै Pre-matured Delivery Case का कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निजको आकस्मिक शल्यकृया मार्फत सुत्केरी गराइएको छ। निज आमाबाट दुई किलोग्रामको बच्चा जन्मेको छ, हाल बच्चाको एन. आइ. सि. यु. मा राखी उपचार भैरहेको र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी गराएको छ ।

तस्विर स्रोत: बिनिता गर्बुजा, अ.न.मि., दग्नाम स्वास्थ्य चौकी, रघुगङ्गा, म्याग्दी

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ।

Download: गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ।