गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

ग्रामिण अस्पताल सुद्रीढिकरण कार्यक्रमको गण्डकी प्रदेश स्तरीय कार्यसमितिको बैठक संचालन।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा ग्रामिण अस्पताल सुद्रीढिकरण कार्यक्रमको गण्डकी प्रदेश स्तरीय कार्यसमितिको बैठक संचालन भएको छ। कार्यक्रममा निक साईमन्स ईन्स्टिच्युटको सहयोगमा संचालन भएका विभिन्न कार्यक्रमहरुको बारेमा समिक्षा तथा आगामी बर्षहरुको योजनाको बारेमा छलफल भएको थियो।

बिशेषगरि न्युनतम सेवा मापदण्ड, बायोमेडिकल सेवा, क्लिनिकल तालिमहरु, तालिम साईटको विकास, पाठ्यक्रम बिकाश, अनुसन्धान, कर्मचारी तथा सामाग्री ब्यबस्थापनका बारेमा छलफल भएको थियो। बिशेषगरि MLP curriculum, BMET Unit, Scholarship, Training का बारेमा छलफल भएको थियो।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको अध्यक्षतमा संचालित उक्त बैठकमा प्रदेश आपूर्ति ब्यबस्थापन केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक डाक्टर राजिब रिमाल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारि, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका महाशाखा प्रमुखहरु शम्भु ज्ञवाली, सुरज गुरौ, डाक्टर रमेश केशी, सूचना अधिकारि डाक्टर मधुरजी ढकाल लगायतका कर्मचारीहरु, स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बराल, निक साईमन्स ईन्स्टिच्युटका कार्यकारी निर्देशक डाक्टर अर्चना अमात्य, बरिष्ठ कार्यक्रम ब्यबस्थापक डाक्टर काशीम शाह, तालिम ब्यबस्थापक अर्पणा बिसी, गण्डकी प्रदेश कार्यक्रम संयोजक सुष्मा लामा लगायतको उपस्थिति रहेको थियो।

ग्रामिण अस्पताल सुद्रीढिकरण कार्यक्रमको गण्डकी प्रदेश स्तरीय कार्यसमितिको बैठक संचालन।

Download: ग्रामिण अस्पताल सुद्रीढिकरण कार्यक्रमको गण्डकी प्रदेश स्तरीय कार्यसमितिको बैठक संचालन।