logo

प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश पोखरा, नेपाल

हेल्थ डेस्क स्थापनाका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान

हेल्थ डेस्क स्थापनाका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान

गण्डकी स्वास्थ्य निर्देशनालय | | कोभिड-१९



मिति २०७६/१०/१६ गते स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र, पोखरामा पोखरा विमानस्थल र लेकसाइडमा हेल्थ डेस्क स्थापना गर्नको निम्ति स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना भयो | कार्यक्रममा पोखरा महानगरपालिका भित्रका ५ ओटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु उपस्थित हुनुहुन्थ्यो | उक्त कार्यक्रममा पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख श्री हेमन्त शर्मा पौडेल र विश्व स्वास्थ्य संगठनका डा राजीव लालचनले प्रस्तुतिकरण गर्नु भएको थियो | हेल्थ डेस्कको प्रमुख कार्यभार कोरोना भाइरसको बारेमा जानकारी दिनु, सूचना सम्प्रेषण गर्नु र संकास्पद विरामी भेटिएमा आवश्यक स्क्रिनिंग गर्नु रहेको छ