गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जाडोमा नानीबाबुहरुको यसरी गर्नुहोस हेरचाह।


| सामान्य


सबै लाई थाहा भए कै कुरा हो जाडो, गर्मीको तुलनामा कम संक्रामक मौषम हो तर जाडोको प्रकोप तिव्र भएको खण्डमा नानीबाबुहरुलाई चिसोबाट जोगाउन कठिन हुन सक्छ । तसर्थ जाडोको मौषममा बच्चाहरुको स्वास्थ्यको विशेष ख्याल राख्न जरुरी हुन्छ । चिसोको मौसममा बच्चाहरुको ख्याल नराख्दा निमोनिया, रुघाखोकी, ज्वरो, चिसोको एलर्जी, इन्फ्लुएंजा , श्वासको समस्या, सिङ्कान बग्ने रोग, छाला फुट्ने, ब्रोङ्काईटिस, नाक, कान घाँटीको संक्रमण जस्ता समस्याहरु देखिन सक्छ । जाडोमा प्रकोपित हुन सक्ने यी समस्याहरूबाट नानीबाबुहरुलाई बचाउन जाडोमा निम्न कुराहरुमा विशेष ध्यान दिन अत्यन्त आवश्यक छ।

कपडामा विशेष ध्यानमा पुर्याउन :

१) जाडोमा नानीबाबुहरुलाई चिसोबाट बचाउन जाडोमा प्रयोग गरिने विशेष किसिमका लुगाहरुको प्रबन्ध गर्नुपर्ने हुन्छ। नानीबाबुहरुका लागि जाडोको कपडाहरुको इन्तजाम हुन नसकेको खण्डमा उनीहरु जाडोका चपेटामा आउन सक्दछन्।

२) बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा हमेशा हामीले लगाएको भन्दा एउटा लेयर ज्यादा लगाई दिनपर्छ। अर्थात हामीलाई दुई लेयर कपडाले जाडो छेकी रहेको छ भने बच्चाहरुलाई लागि तीन लेयरको कपडा लगाई दिनुपर्दछ। यदि हामीलाई तीन लेयरले जाडो छेकी रहेको छ भने बच्चाहरुलाई चार लेयरको कपडा लगाई दिनुपर्छ।

३) जाडोको मौसममा बच्चाहरुको टाउको, खुट्टा, हातको पञ्जा, छाती, चाक र कानलाई न्यानो कपडाले ढाकेर राख्नु पर्दछ।

४) बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा १-२ पत्र बाक्लो कपडा लगाई दिनु भन्दा ३-४ पत्र पातलो कपडा लगाई दिनु राम्रो हो। धेरै पत्र लुगा लगाई दिँदा शरीरलाई गरम राखी राख्नुपर्दछ।

५) बच्चाहरुलाई लुगा लगाई दिँदा सबै भन्दा भित्री पत्र सुतिको होस् । त्यसपछि थर्माकोट लगाई दिनु त्यसमाथि सर्ट टिसर्ट जामा आदि लगाई दिएर सबै भन्दा बाहिरी पत्र हावा नछिर्ने Wind proof ज्याकेट लगाई दिनु पर्छ।

६) जाडो भरी सकभर बच्चाको टाउको खाली नराखी दिनु टोपि लगाई राख्नु। मङकी क्याप जाडोको लागि अन्य टोपिहरु भन्दा उत्तम छन्।

७) जाडो भरी भित्र रुवा हालेर सिलाएको भोटो लगाइ दिनु पर्छ।

८) मोजा र पञ्जा सकभर हटाउनु हुँदैन।

९) जाडोमा बच्चालाई धेरै पिसाब लागि रहने हुँदा डायपर बदलि रहनु पर्दछ। कपडामा पिासब फेरे तुरुन्त कपडा फेरी दिनु पर्दछ।

१०) जाडोमा धेरै कपडा लगाईदिदा पनि भित्र पसिना आएर पसिनाले बच्चाहरूलाई असर गर्न सक्छ यसो हुन नदिन बेलाबेलामा पसिना आए नआएको जाँच गर्दै गरौ ।

११) बिहान बेलुका धेरै कपडाको लेयर लगाई दिएपनि दिउसो यसको लेयर घटाऔ।

हिटरको प्रयोग:

कोठालाई न्यानो राख्न अधिकाँश अभिभावकहरु कोठामा हिटर बाल्ने गर्दछन्। कोठामा हिटर चलाएको त्यति राम्रो होइन । हिटर चलाउँनुनै हिटरको साथ साथै केही क्षणको लागि ह्यामीडीफाएर पनि चलाउँनु राम्रो हुन्छ।

हिटरले कोठाको आद्रतालाई कम गर्दछ। हिटर चलाउनै परे लगातार नचलाउनु होला। एकाध घण्टाको विश्राममा १०-१५ मिनेटको लागि बन्द गर्नुहोला। बाहिर जानुपर्ने छ भने जानु भन्दा २० मिनेट अगाडि नै हिटर बन्द गरिदिनुहोला। भित्र र बाहिरको तापक्रममा आएको परिवर्तनले बच्चाहरुलाई असर पार्न सक्दछ।

मालिस गरिदिनुहोस्।

मालिस एककिसिमको निस्क्रिय व्यायाम हो। स्नान वा स्पञ्ज पूर्व मालिस गरिदिँदा रक्तसञ्चार शसक्त हुन पुग्दछ। मांशपेशी, हड्डी, नशा, नाडी, छाला आदि सबै स्वस्थ रहन मालिसले विशेष भूमिका खेल्दछ। यसर्थ नानीबाबुहरुलाई स्नान पूर्व १०-१५ मिनेटको मालिस दिनैपिच्छे गर्नुपर्दछ।

१) जाडोमा बच्चाको मालिस गर्दा तातो स्थानमा अगेनु, हिटर, फाएर बिग्रेड आदिको नजिक राखेर सेक्दै मालिस गर्दै गर्नुपर्दछ। मालिस १०-१५ मिनेटको मात्र हुनु पर्दछ।

२ मालिस गर्दा गाईको घ्यूमा कपुर मिसाएर गर्दा सबैभन्दा राम्रे हो। यसो हुन नसकेमा तातो तोरीको तेलमा मेथी पुराएर मालिस गरिदिनुस्। तोरिको तेल नभएमा बदामको तेलले पनि मालिस गरिदिनुस्।

३) मालिस र स्नान खाना खानु पहिलेनै गराउनु पर्दछ। मालिस गरेको १०-१५ मिनेटमा बच्चालाई नुहाई दिनु पर्छ, केही खाएको १ घण्टा सम्म बच्चालाई मालिस गर्नु हुँदैन।

कसरी नुहादिने:

१) जाडोको मौसममा बच्चाहरुलाई दिनैपिच्छे नुहाउनु हुँदैन। हप्ताको २/३ चोटि सम्म भने नुहाउनु अवश्य पर्दछ। जाडोमा बच्चाहरुको नियमित नुवाई धुवाई नहुने हुँदा दिनको १ पल्ट मनतातो पानीले स्फन्ज बाथ भने अवश्य गर्नु पर्ने हुन्छ।

२) नानीबाबुहरुलाई जाडोमा नुहाउँदा खुल्ला ठाउँमा नभएर बन्द कोठामा नुहाई दिनु पर्छ । खुल्ला ठाउँमा हावा खेल्ने हुँदा चिसो हावाको कारण नानीबाबुहरु बिरामी पर्न सक्दछन्।

३) घाममा नुहाउन चाहेको खण्डमा शिशाबाट घाम छिर्ने ठाउँलाई रोजेर वा हावा नचलेको बेला हेरि नुहाई दिनु पर्ने हुन्छ।

४) नुहाउनु पूर्व नै बच्चालाई नुहाउने सामग्रीहरु (जस्तो बच्चाको स्याम्पो, साबन, तौली, लोसन, बाथ टव, डाइपर, कपडा, खेलौना आदि) सबै एकै ठाउँमा जम्मा गर्नुहोस्।

५) सानो बच्चाहरुलाई नुहाउँदा हातमै राखेर नुहाउनु होला। १ वर्ष माथिका बच्चालाई टवमा राखेर नुहाइदिनु होला।

६) नुहाउनु पूर्व पानीको तापक्रम जाँच गरी पहिले आफ्नो हात डुबाएर अञ्जलीले पानी उठाएर हाली दिनुहोस्। पानी ठिक मनतातो हुनु पर्दछ। ज्यादा तातो वा चिसो पानीले बच्चालाई नुहाइ दिनु हुँदैन।

७) बच्चालाई नुहाउँदा सकभर दुई जना भएर नुहाउनु राम्रो हो। नुहाई सकेपछि तुरुन्त कोमल तौलीयामा बेरेर बाथरुमबाट बाहिर ल्याउनुहोस् र लुगा लगाई दिनुहोस्।

घाममा पनि निकाल्ने गर्नुहोस्।

जाडो लाग्छ भनेर बच्चालाई कोठैमा गुम्स्याएर राख्नु हुँदैन। घाम लागेको बेलामा हावाले असर नगर्ने ठाउँ हेरेर घाम तपाउने गर्नु पर्दछ । घाम ताप्दा भिटामिन डी मिल्दछ।

सरसफाइमा विशेष ध्यान पुर्याऔँ:

चिसोको मौसममा बच्चाले धेरै पिसाब गर्ने हुँदा बार बार कपडा बदलिरहन सम्भव हुँदैन। यस्तो अवस्थामा डाइपर प्रयोग गर्नु पर्ने हुन्छ। तर डाइपरको ख्याल नराख्दा यहिबाट घाउ पनि हुन सक्छ। डाइपरको प्रयोग गर्दा निम्न कुराहरुको ध्यान दिनुपर्दछ।

१) डाइपरको साइज ठिक्क हुनु पर्दछ। टाइट डाईपरले घाउ बनाउन सक्दछ भने खुल्ला डाीपर पनि काम गर्दैन।

२) डाइपर लगाएको बच्चालाई बेला बेलामा डाइपर भिजे नभिजेको चेक गर्दै गर्नुपर्दछ। डाइपर भिजीसकेको भए तुरुन्त फेरिहाल्नु पर्दछ।

३) दिसा गरेको भए मजाले धोइदिऔ। पिसाब गरेको भए डाइपर बदलिदिऔँ।

४) हरेक चोटी डाइप बदल्दा डाइपरले घाउ बनायो कि भनेर सजग रहौँ।

५) डाइपर बदल्दा आप्mनो हात त सफा छ भनेर विशेष ध्यान दिऔँ।

६) डाइपर नलगाएका बच्चाहरुको कपडा भिज्ने बित्तिकै बदलिदिऔँ।

७) जाडोमा सिङ्गानबग्ने खोकीलाग्ने आदि पनि हुन सक्ने हुँदा नाक र मुखको सरसफाईमा विशेष ध्यान दिऔँ।

८) खाना खुवाइसके पछि बच्चालाई राम्रोसँग चुठाऔँ।

९) धुलो, माटो, बालुवा खानेकुरा आदि लागेको खण्डमा पनि तुरुन्त सफा गरि दिऔँ।

१०) शिशुलाई धुवा, धुलो, धुम्रपान , डियोड्रिन्ट आदिबाट पनि बचाउनुहोस्।

यसरी सुताउनु होस्:

१) बच्चालाई चिसो यठेको बेलामा भन्दा सुतेको बेलामा लाग्न सक्छ। तसर्थ सुतेको बेलामा बच्चालाई न्यानो बनाउने इन्तजाम गर्नुहोस्।

२) बच्चा सुताउने बिछ्याउना न्यानो हुन अत्यन्त आवश्यक छ। बच्चा सुताउनु भन्दा पहिले ओछ्यान लगाएर त्यसमाथि हट वाटर ब्याग राखेर ओछ्यान तताउनुहोस र सुताउन लागे पछि त्यहाँबाट ब्याग हटाउनु होस्।

३) बिच्याउना सिरक कपासको हुनु पर्दछ।

४) ६ महिना सम्मको बच्चाहरुलाई तोरीको सिह्रानी लगाइदिनु राम्रो हो।

५) सिरक धेरै बाक्लो हुन हुँदैन।

६) सुताउँदा विशेषतः उनीको जुराफ, पञ्जा, टोपि आदि लगाएरै सुताई दिऔँ।

के के खुवाउने जाडोमा:

१) नवजात बालकहरुका लागि आमाको दुध सबैभन्दा उत्तम आहार हो। आमाको दुध पर्याप्त नभएको खण्डमा गाईको बाख्राको वा त्यो पनि नभ भैंसीको दुध खुवाउन सकिन्छ।

२) खाना वा लिटो खान सक्नेका लागि मल्टीग्रेन पिठोको लिटो खुवाउनु।

३) हरियो सागसब्जी, उसिनेको च्याउ अन्य फलफूल आदि पनि खुवाउँदै रहनु पर्दछ। दालको झोल, तरकारीको सूप पनि खुवाउँदै रहनु होला।

४) दुधमा शुद्ध बेसार हालेर पनि खुवाउँदै रहनु होला।

५) काजु बदाम किसमिस आदि पिसेर पनि खुवाउन सकिन्छ।

६) अंकुरित गेडागुडी हालेको खिचडी दलिया आदि खुवाउँदा चिसोमा राम्रो हुन्छ।

७) तारे भुटेको चिसो प्रकृतिकका फलफूल एवं खानेकुराहरू खुवाउनु हुँदैन।