गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

जिल्ला अस्पताल, मनांगको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा जिल्ला अस्पताल, मनांगको न्युनतम सेवा मापदण्ड कार्यक्रम अन्तर्गत दशौँ फलोअप सम्पन्न भएको छ।

कार्यक्रम अस्पतालका मेशु डाक्टर भारती मेहताको अध्यक्षतामा सम्पन्न भएको हो।

शुसासन तथा ब्यबस्थापन, क्लिनिकल सेवा र सहयोग सेवाका धेरै पक्षहरुमा राम्रो सुधार भएको छ।

यस आ.ब.को अस्पतालको पहिलो मुल्यांकनमा ५३% अंक प्राप्त भएको छ। कार्यक्रममा श्रोतब्यक्तिको रुपमा लमजुङ जिल्ला अस्पतालका मेशु

डाक्टर रमेश आचार्य, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका नबराज शर्मा र उर्मिला बरालको उपस्थिती रहेको थियो।

कार्यक्रममा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र पर्बतका प्रमुखहरु डाक्टर शरद पन्थी र डाक्टर रामकृष्ण भुजेल लगायत स्वास्थ्य कार्यालय,

मनांगका प्रमुख श्री बाबुराम आचार्य,  स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत रबिना ठगुन्नाको समेत उपस्थिती रहेको थियो।

जिल्ला अस्पताल, मनांगको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न ।

Download: जिल्ला अस्पताल, मनांगको न्युनतम सेवा मापदण्ड कार्यक्रम सम्पन्न ।