गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

कार्यस्थल र कर्मचारिहरुको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी छलफल सम्पन्न।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा कार्यस्थल र कर्मचारिहरुको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी छलफल कार्यक्रमको आयोजना भएको छ। कार्यक्रम सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर बिनोद विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक, स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक, क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरू, स्वास्थ्य निर्देशनालयका कर्मचारीहरू र कोपिला नेपालका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। सो कार्यक्रममा विशेषगरी काम गर्ने स्थलको सुरक्षा, कर्मचारीहरुको स्वास्थ्यका विषयमा नीति योजना तयार गर्ने निर्णय भएको थियो।

कार्यस्थल र कर्मचारिहरुको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी छलफल सम्पन्न।

Download: कार्यस्थल र कर्मचारिहरुको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी छलफल सम्पन्न।