गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

कार्यदलका संयोजकबाट अध्ययन प्रतिवेदन पेश।


| सामान्य


आँपपिपल अस्पताल, गोरखा र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, बाग्लुङको स्तरउन्नतीका सन्दर्भका लागि गठित कार्यदलका संयोजक

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काबाट अध्ययन प्रतिवेदन माननीय मन्त्रीज्यू समक्ष पेश गर्नुभएको छ।

अध्ययन प्रतिवेदन तयारीका लागि स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भएको

थियो। यो टोलीले आँपपिपल अस्पताल, गोरखा र बुर्तिबाङ अस्पताल, बागलुङको स्तरोन्नती गरी प्रदेश मातहतमा ल्याउन अध्ययन

अनुसन्धान र प्रतिवेदन तयारीको लागि गोरखाको आँपपिपल, अस्पताल र बुर्तिबाङ अस्पताल, बागलुङको भ्रमण सम्पन्न गरेको थियो।

गोरखाको आँपपिपल, अस्पतालमा कार्यदल सँगसँगै पालुङटार नगरपालिका, गोरखाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य

शाखाका प्रमुख, नेपाल सरकारका पूर्व महानिर्देशक डाक्टर गुणराज लोहनी, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशका

महानिर्देशक, गोरखा अस्पताल र  स्वास्थ्य कार्यालय, गोरखाका प्रमुख, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरुको

समेत सहभागिता रहेको थियो।

१९५२ सालमा डिस्पेन्सरी सेवाबाट सुरुवात भएको यस अस्पताल २०५७ सालबाट १५ बेडको अस्पतालबाट सञ्चालन भएको यस

अस्पताल हाल ६० बेडमा सञ्चालन भइरहेको छ। यस अस्पताललाई मेडिकल टुरिजमको रुपमा समेत विकास गर्न सकिने अवस्था रहेको छ।

त्यसैगरी उक्त टोलिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, बाग्लुंगको स्तरोन्नतिको सम्भाव्यता अध्ययनको लागि बुर्तिबाङ्ग पुगेको थियो।

टोलीमा माननिय देार्ण कुवर, माननिय दिलमाया पौ.वि., माननिय जित शेरचन, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक, प्रदेश

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक, निसिखोला, तमानखोला, बडिगाड गाउँपालिकाका अध्यक्षहरु, ढोरपाटन नगरपालिकाका

उपप्रमुख सहित कार्यपालिका सदस्यहरु, मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका उपसचिव प्रकाश ढुंगाना, सामाजिक विकास मन्त्रालयका

महाशाखा प्रमुखहरु, आर्थिक मामिला तथा तथा कानून मन्त्रालयका रामेश्वर ढुंगाना तथा स्वास्थ्य कार्यलय बाग्लुङको टिम तथा निक

साइमन्स ईन्स्टिच्युट सहित सरोकरवालाहरुको सहभागिता रहेको थियो।

कार्यदलका संयोजकबाट अध्ययन प्रतिवेदन पेश।

Download: कार्यदलका संयोजकबाट अध्ययन प्रतिवेदन पेश।