गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

क्षयरोगको ईटिबि मास्टर रजिष्टर सम्बन्धि तालिम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा क्षयरोगको ईटिबि मास्टर रजिष्टर सम्बन्धि २ दिने तालिम बागलुङमा सम्पन्न भएको छ ।

बागलुङ जिल्लाको ३ वटा स्थानिय तहहरु निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र गलकोट नगरपालिकाका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको लागि क्षयरोगको ईटिडी मास्टर रजिष्टर सम्बन्धि २ दिने तालिम संचालन भएको हो। उक्त तालिमको सेभ द चिल्ड्रेन ईन्टरनेशनलका राजेश यादव र जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले सहजिकरण गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक ज्ञान बहादुर बिसीले तालिमको बारेमा जानकारी गराउनु भएको थियो भने तालिममा २४ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।

कार्यक्रम स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका विष्णु सुवेदीको अध्यक्षता, गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलको स्वागत र जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

क्षयरोगको ईटिबि मास्टर रजिष्टर सम्बन्धि तालिम सम्पन्न।

Download: क्षयरोगको ईटिबि मास्टर रजिष्टर सम्बन्धि तालिम सम्पन्न।