गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम संचालन।


| सामान्य


स्वास्थ्य कार्यालय, कास्कीको समन्वय तथा JANTRA को प्राविधक तथा आर्थिक सहयोगमा क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम संचालन भएको छ

यस कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका वडा नं ८ पृथ्वीचोकमा अवस्थित तिवेतेन क्याम्प, वडा नं १७ मा अवस्थित वृद्धाश्रम, मानवसेवा आश्रम र छोरेपाटन स्थित तिवेतेन क्याम्पमा JANTRA संस्थाको प्राविधक तथा विशेषज्ञ चिकित्सक सहित पोर्टयवल एक्सरे मार्फत ५४२ जनाको स्क्रिनिङ कार्य सफलता पुर्वक सम्पन्न गरियो।

सो कार्यमा ३ जना विरामीमा PCD case Diagnosed भएको र ४१ जना शंकास्पद क्षयरोगको पहिचान भै जिन एक्स्पर्ट जाँचको लागि पठाईएको छ।

यस किसिमको सक्रिय खोजपडताल समुदायमा सञ्चालन गर्न सकेमा धेरै भन्दा धेरै क्षयरोगका विरामी पत्ता लाग्ने र रोगको भार कम गर्न सकिने छ।

End TB initiative को लागि प्रदेश सरकारले पनि लगानि गर्ने बेला आएको छ। सन् २०५० मा नेपाललाई क्षयरोग मुक्त नेपाल (प्रति १०,००० मा १ भन्दा कम) बनाउने कार्यमा अगाडि बड्ने बेला आएको छ ।

यो खर्च होईन लगानि हो ।

क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम संचालन।

Download: क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम संचालन।