क्षयरोगका विरामीहरुको अनलाईन विवरण प्रविष्ट गर्ने सम्वन्धी २ दिनको तालिम सम्पन्न
पालुङटार नगरपालिकाको आयोजना तथा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश र सेभ द चिल्ड्रेनको प्राबिधिक सहयोग र सहजिकरणमा क्षयरोगका विरामीहरुको अनलाईन विवरण प्रविष्ट गर्ने सम्वन्धी २ दिनको तालिम सम्पन्न भएको छ । सो कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको अध्यक्षता र प्रमुख आतिथयता रहेको थियो भने सोको सहजिकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका क्षयकुष्ठ अधिकृत लक्ष्मण बसौला, जनस्वास्थ्य निरीक्षक विष्णु प्रसाद सुवेदी र सेभ द चिल्ड्रेनका क्षयरोग कार्यक्रम संयोजक राजेश कुमार यादवले गर्नुभएको थियो । सो कारयक्रमको औचित्य तथा उद्देश्य स्वास्थ्य शाखा प्रमुख सृजना पोखरेलले राख्नु भएको थियो भने पालुङटार नगरपालिकाका वडाहरुमा रहेका सबै स्वास्थ्य संस्थाबाट २/२ जनाको सहभागिता रहेको थियो।
Download: क्षयरोगका विरामीहरुको अनलाईन विवरण प्रविष्ट गर्ने सम्वन्धी २ दिनको तालिम सम्पन्न