गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

कविता:- कोसिस


| सामान्य


कविता:- कोसिस

 

जीवन कहाँ हो, बाँच्नु मात्रै?

जीवन ,बचाउँनु पनि हो।

जीवन कहाँ हो, बुझ्नु मात्रै?

जिवन , बुझाउनु पनि हो।

खै!

बचाउँन कोसिस गर्ने डाक्टर, कुटिन्छन।

कैले शरीर कुटिन्छ।

कैले मन।

अनि उ कसरी बाँच्छ??

गासकै लागि, मुछेको भात छाडेर दगुर्छ।

आरामदायी निन्द्राको लागि,

सानो बास बनाउनकै लागि, हर रात अनिदो बस्छ।

गास जुटाउन, गास छाड्नु छ।

निन्द्राको बिस्तारा जुटाउन, निन्द्रा छाड्नु छ।

अनि उ, कसरी बाँच्छ??

डाक्टर,

कोसिस गर्ने अठोट गर्छ।

अठोट, कैले सफल हुन्छ।

कैले असफल हुन्छ।

हजारौं सफलता ओझेलमा पर्छन,

जब यौटा असफलता समाचार हुन्छ,

ती ओझेलका सफलता कस्ले बुझ्छ??

खै ??

बुझ्ने कोसिस गर्दागर्दै, थाकिन्छन।

कैले आत्मबल थाक्छ।

कैले रहर थाक्छ।

अनि कस्ले बुझाउँछ??

सन्दर्भ: 74th Doctors Day (लेखक: डाक्टर मोहन काफ्ले, स्याङ्गजा अस्पताल, स्याङ्गजा)

कविता:- कोसिस

Download: कविता:- कोसिस