गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

खोप ढुवानीकर्ताहरुको लागि अभिमुखिकरण गोष्ठी सम्पन्न।


| सामान्य


स्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा संचालित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत खोप ढुवानीकर्ताहरुको पहिलो समुहको एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ।

खोप तथा खोप जन्य सामाग्री ढुवानी र कोल्डचेन भण्डारण तथा यसको उचित व्यवस्थापन प्रक्रिया र महत्व बारेमा जानकारी गराई खोप सेवालाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी बनाउने उदेश्य अनुरुप उक्त गोष्ठी संचालन भएको थियो।

स्वास्थ्य कार्यालय बागलुङका प्रशासन प्रमुख सफल शर्माको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले गर्नुभएको थियो।

स्वास्थ्य कार्यालय, बागलुङका खोप सुपरभाइजर राजु खत्रीले सहजिकरण गर्नुभएको उक्त गोष्ठीमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला र वरेड. गाउँपालिकाका ३८ जना खोप ढुवानीकर्ताहरुको सहभागीता रहेको थियो।

खोप ढुवानीकर्ताहरुको लागि अभिमुखिकरण गोष्ठी सम्पन्न।

Download: खोप ढुवानीकर्ताहरुको लागि अभिमुखिकरण गोष्ठी सम्पन्न।