गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

लमजुङ जिल्ला अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको एकिकृत अनुगमन सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा लमजुङ जिल्ला अन्तर्गत रहेका आयुर्बेद स्वास्थ्य केन्द्र र रानिकुवा बिस्तारित सेवा केन्द्र तथा

भुलभुले स्वास्थ्य चौकीको एकिकृत अनुगमन सम्पन्न भएको छ।

कार्यक्रममा न्युनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन अबस्था र संक्रमण रोकथामका बारेमा बिशेष छलफल भएको थियो।

भुलभुले स्वास्थ्य चौकीको गत आ.ब.को मुल्यांकनमा यस संस्थाले ९३% प्राप्त गरेको अबस्था रहेछ। गुणस्तर सुधार समितीको गठन गरी चेकलिष्टको

प्रयोग गरी गुणस्तर मापन गर्नु र सुरक्षा सम्बन्धि आबश्यक शर्त बाहेकका सबै कार्य गरेको पाईयो।

सुरक्षित मातृत्व, किशोरकिशोरी मैत्री सेवा, नियमित MSS लगायतका सबै सेवा तथा कार्यक्रम सम्पादन अति नै राम्रो पाईयो। सोही अबसरमा किशोरकिशोरी

मैत्री स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरको बारेमा समेत छलफल भएको थियो।

यसैगरी अनुगमन टोलीले जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, लमजुंग र यस अन्तर्गतको रानिकुवा बिस्तारित सेवाको अनुगमन गरिएको थियो

अनुगमनका क्रममा Recording, Reporting, AHMIS, संक्रमण रोकथामका बारेमा छलफल तथा अनसाईट कोचिङ्ग संचालन भएको थियो

अनुगमन कार्यक्रममा लमजुङ जिल्ला अस्पतालका मेशु डाक्टर रमेश आचार्य, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका नबराज शर्मा, रबिना ठगुन्ना र

उर्मिला बराल, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, पर्बतका प्रमुख डाक्टर रामकृष्ण भुजेल समेत उपस्थिती रहेको थियो।

 

लमजुङ जिल्ला अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको एकिकृत अनुगमन सम्पन्न।

Download: लमजुङ जिल्ला अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको एकिकृत अनुगमन सम्पन्न।