गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

लमजुङ्ग अस्पताल घटनाको छानविन/अध्ययन समितिले प्रतिबेदन बुझाएको छ।


| सामान्य


सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले  लमजुङ अस्पताल, लमजुङमा मिति २०८० मंसिर ११ गते उपचारका लागि भर्ना भएकी मर्स्याङ्दी गाउँपालिका-९, लमजुङ स्थायी ठेगाना भएकी वर्ष २६ कि गर्भवती महिला शोभा वि.क.को प्रेषण पश्चात उपचारको क्रममा चितवन मेडिकल कलेज, भरतपुर, चितवनमा दुःखद निधन भएको घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई सुझाब सहितको प्रतिवेदन पेश गर्ने प्रयोजनका लागि सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालयको मिति २०८०/०८/१३ को निर्णयानुसार गठन भएको छानविन/अध्ययन समितिले सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका माननीय मन्त्रीलाई छानबिन प्रतिबेदन बुझाएको छ।

छानविन/अध्ययन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक श्री खिम बहादुर खड्काले सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय सुशिला सिंखडालाई बुझाउनु भएको हो।

कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बालरोग बिशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला, लमजुंग अस्पताल र मातृशिशु मितेरी अस्पतालका मेशुहरु, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरु लगायत कर्मचारीहरु, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका सूचना अधिकारी, पिडित पक्षबाट अभिभाबकको समेत उपस्थिति रहेको थियो। 

समितिको कार्यशर्तमा उल्लिखित घटना के कति कारणले भएको हो, चिकित्सकीय क्षमता भन्दा बाहिरको क्षेत्र के-कति थियो, त्यहाँ भए गरेका समस्या र प्रयास तथा व्यवस्थापन पक्षहरूको तथ्यगत रुपमा औचित्य र आवश्यकताका आधारमा बैठक, छलफल, स्थलगत अवलोकन भ्रमण वा आवश्यक विधि मार्फत अध्ययन, अनुसन्धान गर्ने, दीर्घकालीन समस्या समाधानका लागि सत्यतथ्य पत्ता लगाई सुझाब सहितको प्रतिवेदन सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय समक्ष ७ (सात) दिन भित्र पेश गर्ने समयाबधि रहेको थियो।

लमजुङ्ग अस्पताल घटनाको छानविन/अध्ययन समितिले प्रतिबेदन बुझाएको छ।

Download: लमजुङ्ग अस्पताल घटनाको छानविन/अध्ययन समितिले प्रतिबेदन बुझाएको छ।