गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

लमजुङ्ग घटनाको अध्ययन जारी !


| सामान्य


मिति २०८०/०८/२१ गते शुक्रबारका दिन लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ८ मा क्रिशमस पर्व मध्येको एक कार्यक्रमका अवसरमा ४० जना सम्मीलित रात्रीभोजमा खाना खाए पश्चात ३८ जनालाई झाडापखाला, ज्वरो, टाउको दुख्ने जस्ता लक्षण देखिन गई HDCS नमुना सामुदायिक अस्पतालमा उपचार भएको थियो।

उक्त बिरामीहरू मध्ये १ जना ३२ वर्षकी महिलाको मंसिर २३ गते आईतवारका दिन अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो। अन्य बिरामीहरू उपचार पश्चात घर फर्कनु भएको र केही उपचाररत हुनुहुन्छ।

उक्त भोजमा खाद्य विषाक्तताको प्रकोप अध्ययन तथा अनुसन्धानको लागि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर शशी कँडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट भुपदेव भट्ट, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत तारा प्रसाद अर्याल र विश्व स्वास्थ्य संगठन (WHO) का डाक्टर सुजन अधिकारी सहितको टोली मंसिर २६ गते देखि त्यस स्थानमा खटिई स्थलगत अध्ययन गरिरहेको छ। उक्त अध्ययनको प्रारम्भिक नतिजा अनुसार भोजमा सेवन गरिएका परिकारहरु मध्ये कुखुराको मासुमा विषाक्तता रहेको अनुमान गरिएको छ।

लमजुङ्ग घटनाको अध्ययन जारी !

Download: लमजुङ्ग घटनाको अध्ययन जारी !