गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न।


| सामान्य


लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत बागलुङस्थित मानव सेवा आश्रममा निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ।

एकद्वार संकट व्यवस्थापन केन्द्र, धौलागिरी अस्पताल बागलुङको आयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा ४० जनाले सेवा लिएका छन।

कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डाक्टर अमित ढुंगाना, कन्सल्टेन्ट साइकियाट्रिस्ट डाक्टर मानकाजी थापा, कन्सल्टेन्ट गाइनोकोलोजिष्ट डाक्टर विजय वझा, कन्सल्टेन्ट डर्माटोलोजिष्ट डाक्टर प्रभात सिहं, कन्सल्टेन्ट अर्थोपेडिक्स डाक्टर प्रमेश थापा, कन्सल्टेन्ट सर्जन डाक्टर दिपेन्द्र शर्मा, मेडिकल अधिकृत डाक्टर नकुल रेग्मी, डाक्टर शोभा पौडेल, डेन्टल सर्जन डाक्टर प्रवेश वास्तोला, एकद्वार संकट व्यवस्थापन केन्द्र धौलागिरी अस्पताल फोकल पर्सन एवं वरिष्ठ अस्पतला नर्सिङ निरिक्षक देवी भट्टराई, स्टाफ नर्स सरस्वती गौतम, रमाना थापा लगायतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो।

सो अवसरमा डाक्टर मानकाजी थापा मगरले मानव सेवा आश्रममा रहेका धेरै जनामा मानसिक समस्या आउन सक्ने भन्दै नियमित औषधी सेवन र चेकचाज गर्नु पर्ने वताउनु भयो।

त्यस्तै डाक्टर अमित ढुंगानाले अस्पतालवाट मानव सेवा आश्रमलाई विशेष सहयोग गरिरहेको र आगामी दिनमा पनि अझ सहयोग गर्ने प्रतिवद्दा व्यक्त गर्नुभयो।  

कार्यक्रमको संचालन मानवसेवा आश्रमकी विपना तामाङले गर्नु भएको उक्त निशुल्क स्वास्थ्य शिविरमा धौलागिरी अस्पताल व्यवस्थापन समिति सदस्य लक्ष्मी देवी जि सी प्रशासन प्रमुख सुरज कुमार मलेपतीको उपस्थिति रहेको थियो।

लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न।

Download: लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न।