गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मानब सेवा आश्रम, लमजुङ्ग शाखाको एकिकृत अनुगमन सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा मानब सेवा आश्रम, लमजुङ्ग शाखाको एकिकृत अनुगमन सम्पन्न भएको छ। गण्डकी प्रदेशमा मानशिक स्वास्थ्य तथा अन्य कारणबाट प्रभावित भएका व्यक्तिहरुको पुनर्स्थापना गर्ने उद्देश्यले संचालित संस्थाहरुको अनुगमन गर्ने क्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्रतिनिधिहरु र मातहतका कार्यालयका प्रतिनिधिहरुको समूहले अनुगमन गरेको हो। अनुगमन पुनर्स्थापित व्यक्तिहरुको अवस्था, भौतिक संरचना, खाना र बासको ब्यबस्थापन, सौचालय तथा सरसफाईको अवस्था, औषधि तथा स्वास्थ्य सेवा, सेवामा खटिएको जनशक्ति, अन्य सरोकारवालाहरुसंगको समन्वय लगायतका बिषयमा केन्द्रित रहेको थियो। अनुगमनमा लमजुङ्ग अस्पतालका मेशु डाक्टर बिशाल तिवारी, स्वास्थ्य कार्यालय, लमजुङ्गका मानशिक स्वास्थ्य कार्यक्रमका फोकल पर्सन दिपक बम्जन, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका मानशिक स्वास्थ्य कार्यक्रमका फोकल पर्सन तथा बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो।

मानब सेवा आश्रम, लमजुङ्ग शाखाको एकिकृत अनुगमन सम्पन्न।

Download: मानब सेवा आश्रम, लमजुङ्ग शाखाको एकिकृत अनुगमन सम्पन्न।