गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मातृ तथा नव शिशु स्वास्थ्य तथा गुणस्तर सुधार कार्यक्रमको स्थलगत अनुशिक्षण सम्पन्न।


| सामान्य


स्वास्थ्य कार्यालय, बागलुङको आयोजना र ढोरपाटन नगरपालिकाको समन्वयमा ढोरपाटन-७, बोवाङ स्वास्थ्य चौकिमा प्रसुति कर्मिहरुलाइ मातृ तथा नव शिशु स्वास्थ्य (MNH) onsite coaching तथा गुणस्तर सुधार कार्यक्रम र किटजन्य रोगहरुको स्थलगत अनुशिक्षण सम्पन्न भएको छ।

स्वास्थ्य चौकिमा कार्यरत प्रसुतिकर्मिहरुलाइ मातृ तथा नबजात शिशु स्वास्थ्यसंग सम्बन्धित बिषयमा knowledge assessment, decision making skill(partograph) assessment, normal delivery conduction, PPH, shock and eclampsia management infections prevention, newborn resuscitation आदि बिषयमा स्थलगत कोचिङ/ मेन्टरिङ गरिएको हो।

सस्थाको Enabling Environment Assessment गरि प्राप्त स्कोर को आधारमा सस्थाको समस्या सम्बोधन हुने गरि कार्ययोजना बनाइ छलफल गरियो , कार्ययोजना समयमा समपन्न गर्न जिम्मेवारी तोकियो र कम्तिमा ६/६ महिनामा सस्थाको स्वमुल्याङ्कन गर्ने निर्णय गरियो। MNH MENTOR अस्पताल नर्शिंङ्ग निरिक्षक पार्वति अर्याल र प.हे.न. निरिक्षक सीमा कुवर र सि.म.इ. कमला थापाले सहजिकरण गरेको कार्यक्रममा बोवाङ स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष तथा ढो न पा- ७, बोवाङका वडाध्यक्ष धन ब अदै लगायत स्वास्थ्य ब्यबस्थापन समितिका अन्य पदाधिकारीहरु, स्वास्थ्य संस्था प्रमुख ज.स्वा.नि. दिपक थापा लगायतका स्वास्थ्यकर्मी हरुको उपस्थिति रहेको थियो।

वार्डको मातृ तथा नवाशिशु र समग्र स्वास्थ्य अवस्था सुधार गर्न स्वास्थ्य चौकीबाट सिफारिस गरिएका क्रियाकलापहरुमा सहयोग गर्ने कुरा अध्यक्ष अदैले बताउनु भयो। त्यसैगरी संस्था प्रमुखले कार्ययोजना समयमा समपन्न गर्न आवस्यक प्रयास र समन्वय गर्ने प्रतिबद्दता जनाउनु भएको थियो।

मातृ तथा नव शिशु स्वास्थ्य तथा गुणस्तर सुधार कार्यक्रमको स्थलगत अनुशिक्षण सम्पन्न।

Download: मातृ तथा नव शिशु स्वास्थ्य तथा गुणस्तर सुधार कार्यक्रमको स्थलगत अनुशिक्षण सम्पन्न।