गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

मातृशिशु मितेरी अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको नवौं फलोअप सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा मातृशिशु मितेरी अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको नवौं फलोअप सम्पन्न भएको छ। मातृशिशु मितेरी अस्पताल, कास्कीको न्युनतम सेवा मापदण्डको नवौं फलोअपमा ८७% अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा धौलागिरी अस्पताल, बाग्लुङ्गका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर अमित ढुंगाना, पर्बत अस्पतालका मेशु डाक्टर हेमन्त बाँस्तोला, लमजुङ्ग अस्पतालका मेशु डाक्टर बिशाल तिवारी, स्याङ्गजा अस्पतालका मेशु डाक्टर रुक्मिना अधिकारि र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्माको उपस्थिति रहेको थियो। 

प्रस्तुतीकरण कार्यक्रम अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा संचालन भएको थियो।

मातृशिशु मितेरी अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको नवौं फलोअप सम्पन्न।

Download: मातृशिशु मितेरी अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको नवौं फलोअप सम्पन्न।