गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

MPDSR कार्यक्रमको अभिमुखीकरण सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा WHO Gandaki काे प्राविधिक सहयोगमा मुस्ताङ अस्पतालमा MPDSR कार्यक्रम लागु गर्नको लागि MPDSR कार्यक्रमको अभिमुखीकरण सञ्चालन भएको छ। उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अस्पताल नर्सिङ प्रशासक अन्जु पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ नर्सिङ अधिकृत शान्ति खड्काले सहजीकरण गर्नुभएको थियो।

साथै कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत मनकुमारी ओझा र नर्सिङ अधिकृत प्रतीक्षा रेग्मीको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सहभागीको रूपमा मुस्ताङ अस्पतालका मेसु डाक्टर तेजेस नेपाल, मेडिकल अफिसरहरु, सम्पूर्ण स्वास्थ्यकर्मीहरू साथै स्वास्थ्य कार्यालय, मुस्ताङका कार्यलय प्रमुख टिकाराम भण्डारी र MNH कार्यक्रम संयोजकको उपस्थिति रहेको थियो।

MPDSR कार्यक्रमको अभिमुखीकरण सम्पन्न।

Download: MPDSR कार्यक्रमको अभिमुखीकरण सम्पन्न।