गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नेपालको पहिलो प्रादेशिक संक्रामक तथा सरुवारोग अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा नेपालको पहिलो प्रादेशिक संक्रामक तथा सरुवारोग अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न भएको छ। प्रादेशिक संक्रामक तथा सरुवारोग अस्पताल, कास्कीको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ४१% अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल, प्रदेश क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेशका निर्देशक डाक्टर रमेश प्रसाद आचार्य, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डाक्टर रमेश के.शि. र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो

सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय सुशिला सिंखडाको प्रमुख उपस्थिति रहेको प्रस्तुतीकरण कार्यक्रममा सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको विशिष्ट उपस्थिति रहेको थियो। 

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, संक्रामक तथा सरुवारोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर बिकाश गौचन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु ज्ञवालीले न्युनतम सेवा मापदण्डको प्रभावकारिताको बारेमा मन्तब्य राख्नुभएको थियो भने मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल, प्रदेश क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेशका निर्देशक डाक्टर रमेश प्रसाद आचार्य, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डाक्टर रमेश के.शि. र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालले संक्रामक अस्पतालको समग्र अवस्थाका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो

कार्यक्रम अस्पतालका ब्यबस्थापन समितिका अध्यक्षको अध्यक्षतमा संचालन भएको थियो

नेपालको पहिलो प्रादेशिक संक्रामक तथा सरुवारोग अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न।

Download: नेपालको पहिलो प्रादेशिक संक्रामक तथा सरुवारोग अस्पताल, कास्कीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको पहिलो लेखाजोखा सम्पन्न।