गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नसर्ने रोगका बिरामीको पहिचान र उपचारका लागि बिरामीको खोजपड्ताल अभियान शुरु।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा नसर्ने रोगका बिरामीको पहिचान र उपचारका लागि बिरामीको खोजपड्ताल अभियानका सन्दर्भमा बाग्लुङ्ग जिल्लामा समन्वयात्मक बैठक संचालन भएको छ।

स्वास्थ्य कार्यालय र स्थानीय तहसँगको समन्वयमा नसर्ने रोगको पहिचान तथा उपचार अभियान सञ्चालन गरिने छ। चालु आर्थिक वर्षमा अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय, बागलुङले समन्वय तथा अभिमुखीकरणका काम सुरु गरेको छ।

पहिलो चरणमा ६ स्थानीय तहका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखहरुकालागि नसर्ने रोगको स्क्रिनिङ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया गलकोटमा सम्पन्न भएको छ। अभियानमा ४० वर्ष माथिका नागरिकमा रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मृगैला जाँचको लागि प्रयोगशाला परीक्षणमार्फत् समुदायमा जाँच्ने र रोग पत्ता लगाउने कार्यक्रम संचालन हुनेछ।

नसर्ने रोगका बिरामीको पहिचान र उपचारका लागि बिरामीको खोजपड्ताल अभियान शुरु।

Download: नसर्ने रोगका बिरामीको पहिचान र उपचारका लागि बिरामीको खोजपड्ताल अभियान शुरु।