गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

निःशुल्क आँखा शिविर सम्पन्न ।


| सामान्य


पोखरा महानगरपालिका, पोखराको आयोजनामा वडा नं.१३ मा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ३२५ जनाको आँखा परीक्षण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिनुभयो ।

मुलुकका विभिन्न भागहरूमा फैलिरहेको भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले वडाका नागरिकहरूको आँखाको निःशुल्क परीक्षण गरिएको उहाँले बताउनुभयो ।

आँखा रातो हुने वा चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने वा सुन्निने, आँखा बिझाउने वा दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने लगायतका समस्याहरू देखिएमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूले सुझाएका छन् ।

निःशुल्क आँखा शिविर सम्पन्न ।

Download: निःशुल्क आँखा शिविर सम्पन्न ।