नवजात शिशु स्याहार
| सामान्य
नवजात शिशु भन्नाले जन्मेको २८ दिनभित्रको शिशुलाई बुझिन्छ । त्यतिबेला नवजात शिशुको वृद्धि र विकास छिटो-छिटो हुने हुँदा शिशुको अभिभावकले प्रर्याप्त मात्रामा हेर विचार गर्नु आवश्यक छ । शिशुको स्याहार गर्ने व्यक्ति तथा आमाले थाहा पाउनुपर्ने जानकारी निम्न छन् ।
स्तनपान
- नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्रमा स्तनपान गराउने
- शिशुलाई ६ महिनासम्म आमाको दुध मात्रै खुवाउने
- नवजात शिशुलाई २४ घण्टा भित्रमा प्रत्येक २/ २ घण्टामा १० देखि १२ पटक दुध खुवाउने
- राति कम्तिमा २ पटक अनिवार्य स्तनपान गराउने
- स्तनपान गराउँदा शिशुको आशन सही हुनु आवश्यक छ ।
- शिशुलाई एउटा दुध १५ मिनेट खुवाउने । यदि एउटा दुधले पुगेमा अर्काे दुध नचुसाउने
- दुध चुसाइसकेपछि शिशुलाई छातीमा राखेर पिठ्युँ मसार्ने
#शिशुको तापक्रम सन्तुलित राख्ने ।
-नाभीलाई जहिले पनि सफा राख्नुपर्छ ।
-नाभी पाकेमा वा वरिपरी छाला रातो भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
आँखाको हेरचाह
- मनतातो पानीमा कपास भिजाई शिशुको आँखा सफा गर्ने
- आँखामा गाजल नलगाउने
- आँखा पाकेमा, चिप्रा लागेमा स्वास्थ्य संस्थामा सम्पर्क राख्ने
आमाले वा स्याहार गर्ने व्यक्तिले थाहा पाउनुपर्ने खतराका चिह्नहरु
-छिटो/छिटो श्वास फेर्नु
- ज्वरो आउनु
- दुध नचुस्नु
- पटक पटक बान्ता गर्नु
- कान पाक्नु
- पहेँलोपन देखिनु
- पिसाव कम गर्नु
- आँखा पाक्नु वा चिप्रा लाग्नु
- लल्याक लुलुक हुनु
- शरीरको तापक्रम कम हुनु
नवजात शिशुको विशेष निगरानी गर्नुपर्छ । यदि माथिका खतराका लक्षण देखिए तुरुन्तै स्वास्थ्यकर्मीलाई भेट्नु पर्छ ।

Download: नवजात शिशु स्याहार