गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?


| सामान्य


सबैलाई थाहा छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान हो । शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति पनि आमाकै दूधमा हुन्छ ।  तर, कुनै कारणवस आमाको दूध नआएको खण्डमा नवजात शिशुलाई के खान दिने भन्ने प्रश्न पनि छ ।

हुन त बजारमा फर्मुला मिल्क पाइन्छ । तर, त्यस्ता फर्मुला मिल्क नवजात शिशुको लागि कति उपयोगी छ त ? गाईबस्तुको दूध दिन मिल्छ कि मिल्दैन ?

आमाको दूध नआएमा के गर्ने ?

आमाको दूधले बच्चाको भोक मेटाउनुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले आमाको दूध नै बच्चालाई दिन जरुरी छ । तर, कहिले काहीँ आमाको दूध नआउने वा बच्चाले खान नसक्ने अवस्था हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प हो, अर्की आमाको स्तनपान गराउने ।

कुनै अर्की महिला, जसले स्तनपान गराइरहेका छन् उनीहरुबाट आफ्नो बच्चालाई पनि स्तनपान गराउन सकिन्छ ।

यदि त्यो सम्भव छै न भने शिशुलाई चाहिनेभन्दा बढी दूध आउने आमाहरूको दूध संकलन गरी राखिएको ‘ह्यूमन मिल्क बैंकको दूध दिन सकिन्छ ।’

त्यसरी संकलन गरेको दूधलाई प्रशोधन र शुद्धीकरण गर्ने लगायतका प्रक्रिया गर्ने भएकोले यस्तो दूध खुवाउनु सुरक्षित हुन्छ ।

फर्मुला मिल्क

सम्भव भएसम्म दुई वर्षसम्म आफ्नो शिशुलाई नियमित आमाले नै स्तनपान गराउनुपर्छ । तर कतिपय अवस्थामा आमाको दूध नआउन सक्छ । स्तनपान गराउन कठिन हुनसक्छ । त्यस्तो बच्चाको लागि बनेको फर्मुला मिल्क खान दिन सकिन्छ ।

यसैको विकल्पमा मात्र फर्मुला मिल्क बनाइएको हो ।

आमाको दूधमा पाइने पोषक तत्त्वलाई आधार मानेर नै फर्मुला मिल्क उत्पादन गरिएको हुन्छ । आमाको दूधमा कति प्रोटिन, भिटामिन, खनिज, फ्याट छ, त्यसैको संयोजन गरेर निश्चित मापदण्ड अनुसार फर्मुला मिल्क तयार गरिन्छ । यसले शिशुलाई पोषण त दिन्छ । आफ्नै आमाको दूधले जस्तो एन्टीबडी बनाउनमा योगदान दिँदैन ।

गाईबस्तुको दूध दिन मिल्छ कि मिल्दैन ?

विश्व स्वास्थ्य सङ्गठनले  दुई वर्षसम्म बच्चालाई गाईबस्तुको दूध नदिनु भनेको छ । तर, हाम्रो समाजमा भने गाईबस्तुको दूध दिँदा बच्चा बलियो हुन्छ भने भ्रम छ ।

आमाको दूध आएको छैन र फर्मुला मिल्क पनि उपलब्ध नभएर केही विकल्प छैन भने त गाईको दूध पनि दिनु परिहाल्यो । तर, गाईबस्तुको दूध गाईबस्तुको बाच्छाको लागि बनेको हो । उक्त दूध मान्छेको शिशुले पचाउन सक्दैन ।

आमाको दूधमा पाउने प्रोटिनभन्दा तीन गुणा उच्च प्रोटिन, फ्याट गाईको दूधमा पाइन्छ । त्यसैले गाईबस्तुको दूध खुवाउँदा शिशुको पाचन प्रणाली अपरिपक्व भएकाले पचाउन सक्दैन । पछि मिर्गौलामा समस्या हुनसक्छ । प्रोटिन एलर्जी हुनसक्छ । त्यसैले अरू विकल्प भए सम्म नदिनु नै राम्रो हो । (साभार- डाक्टर कल्पना सुवेदी, बालरोग विशेषज्ञ )

नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?

Download: नवजात शिशुले आमाको दूध खान नसकेमा के गर्ने ?