गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मुस्तांग र जिल्ला अस्पताल, मुस्तांगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला अस्पताल, मुस्तांगको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको बाह्रौँ फलोअप र जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मुस्तांगको पहिलो कार्यक्रम हो

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा बेनी अस्पताल, म्याग्दीका प्रमुख डाक्टर अन्जु थापा, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डाक्टर रमेश के.शि., फार्मेशी अधिकृत साजन बराल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल, जनस्वास्थ्य अधिकृत रबिना ठगुन्ना लगायत चतरा अस्पतालका ब्यबस्थापक डाक्टर अनिल गिरीको उपस्थिति रहेको थियो

त्यसैगरि आयुर्बेद तर्फ मुख्य श्रोतव्यक्तिको रुपमा  जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, स्याङ्गजाका प्रमुख डाक्टर राम प्रबोध मण्डल, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डाक्टर रमेश के.शि., फार्मेशी अधिकृत साजन बराल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल र जनस्वास्थ्य अधिकृत रबिना ठगुन्नाको उपस्थिती रहेको थियो।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मुस्तांगको पहिलो लेखाजोखामा ५५% आएको छ भने जिल्ला अस्पताल, मुस्तांगको १२ औं फलोअपमा ७८% आएको छ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा  जिल्ला समन्वय समिति, मुस्तांगका प्रमुख माया गुरुङले गर्नुभएको थियो भने घरापझोंग गाउँपालिका, मुस्तांगका अध्यक्षको प्रमुख उपस्थिति रहेको थियो

कार्यक्रममा स्वास्थ्य कार्यालय, मुस्तांगका प्रमुख राम बहादुर नेपाली, NSI का प्रदेश संयोजक सुष्मा लामाको समेत उपस्थिति रहेको थियो

न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।

Download: न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न ।