प्रदेश स्तरीय मातृ तथा नवजात स्वास्थ्य (MNH) कार्यक्रमहरुको समिक्षा कार्यक्रम सम्पन्न प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराको आयोजनामा मिति २०८२/०१/२५ र २६ गते प्रदेशस्तरीय मातृ तथा नवजात स्वास्थ्य (MNH) कार्यक्रमहरूको दुई दिने समीक्षा कार्यक्रम सम्पन्न भएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर खड्काज्यूको अध्यक्षता र स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री माननीय कृष्ण प्रसाद पाठकज्यूको प्रमुख आतिथ्यतामा संचालित समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट स्वास्थ्य कार्यालयका प्रतिनिधिहरू तथा अस्पतालहरूका मातृ तथा नवजात सेवा प्रदायकहरूको उपस्थिति रहेको थियो। Share Tweet Share