गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट ।


| सामान्य


नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंको आयोजनामा धुलिखेल, काभ्रेमा यहि मिति २०८० श्रावण २५ देखि २७ गते सम्म आयोजित सामाजिक सेवा ईकाइ,जेरीयाट्रिक र ओ.सि.एम.सि कार्यक्रमको समिक्षा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । जस अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट घोषणा भै ईकाइ प्रमुखलाई प्रमाणपत्रको साथमा दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

सर्वोत्कृष्ट घोषणा भएको सन्दर्भमा यस प्रतिष्ठानको सामाजिक सेवा ईकाइ उप/प्रमुख ,सहजकर्ता सहित सम्पूर्ण चिकित्सक कर्मचारीहरुलाई साथै पुरस्कृत हुने अन्य अस्पतालहरुलाई समेत हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट ।

Download: पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट ।