पालिका स्तरीय द्रुत प्रतिकार्य समिति (RRC) का लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना र WHO गण्डकी PHEOC को सहयोगमा पालिका स्तरीय द्रुत प्रतिकार्य समिति (RRC) का लागि अभिमुखीकरण कार्यक्रम मुस्ताङ्गमा सम्पन्न भएको छ।
मुस्ताङ्ग जिल्लाका सबै पालिकहरु लोमान्थाङ गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिका, मुस्ताङमा सम्पन्न भएको उक्त कार्यक्रममा SORMAS को बारेमा समेत जानकारी गराइएको थियो।
कार्यक्रममा द्रुत प्रतिकार्य समितिका सबै सदस्यहरु, पालिका अन्तर्गतका सरोकारवाला सबै शाखा प्रमुखहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, वार्ड अध्यक्ष, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका कार्यक्रम फोकल पर्सन नवराज शर्मा, WHO PHEOC गण्डकीका डाक्टर राजीव लालचन, विरोध कट्टेल, लक्ष्मी दाहाल, स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीले दुई समूहमा प्रस्तुतिकरण गर्नुभएको थियो।

Download: पालिका स्तरीय द्रुत प्रतिकार्य समिति (RRC) का लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न।