गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रबर्धन एबं सुक्ष्म योजनाको प्रदेश स्तरीय समिक्षा पोखरामा शुरु।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा खोप अभियानहरु, महामारी नियन्त्रण, सर्भिलेन्स, प्रदेश तथा जिल्लास्तरको योजना तयारि, छुट बच्चाहरुको पहिचान र पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रबर्धनको प्रदेश स्तरीय समिक्षा एबं सुक्ष्म योजना अध्यावधिकको लागि अभिमुखीकरण कार्यक्रम संचालन भएको छ

सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको प्रमुख आथिथ्यतामा संचालित उक्त कार्यक्रममा प्रदेश आपूर्ति ब्यबस्थापन केन्द्र, गण्डकी प्रदेशका महानिर्देशक डाक्टर राजिब रिमाल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, गण्डकी प्रदेशका सबै स्वास्थ्य कार्यालयका कार्यालय प्रमुखहरु, जनस्वास्थ्य अधिकृत तथा निरिक्षकहरु, कोल्डचेन निरिक्षक, ल्याब असिष्टेन्टहरु, पोखरा महानगरपालिका, स्वास्थ्य शाखाका कर्मचारी, WHO/IPD, WaterAid का प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको छ

निर्देशनालयका जनस्वास्थ्य अधिकृत रबिना ठगुन्नाले कार्यक्रमको उद्धेश्य सम्बन्धि प्रस्तुतीकरण राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त निर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको छ कार्यक्रम ३ दिनसम्म चल्ने छ

कार्यक्रममा बिशेषगरि खोप अभियानहरु, महामारी नियन्त्रण, सर्भिलेन्स, छुट बच्चाहरुको पहिचान र पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रबर्धन सम्बन्धि बिषयमा तथा शुक्ष्म योजनाका बारेमा छलफल हुनेछ

पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रबर्धन एबं सुक्ष्म योजनाको प्रदेश स्तरीय समिक्षा पोखरामा शुरु।

Download: पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रबर्धन एबं सुक्ष्म योजनाको प्रदेश स्तरीय समिक्षा पोखरामा शुरु।