गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

प्रदेश स्तरीय समन्वयत्मक बैठक सम्पन्न।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजना तथा फेयरमेडको सहयोगमा प्रदेश स्तरीय समन्वयत्मक बैठक सम्पन्न भएको छ। कार्यक्रम सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डाक्टर बिनोद विन्दु शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक, स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेशका निमित्त महानिर्देशकको उपस्थिति रहेको थियो। फेयरमेडका केन्द्रीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा आगामी २०२५ देखि २०२७ सम्मको कार्ययोजनासँग सम्बन्धित विषयवस्तुहरूका बारेमा छलफल भएको थियो।

प्रदेश स्तरीय समन्वयत्मक बैठक सम्पन्न।

Download: प्रदेश स्तरीय समन्वयत्मक बैठक सम्पन्न।