गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

प्रादेशिक रक्तसञ्चार सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न।


| सामान्य


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका मा. मन्त्री सुशिला सिंखडाको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव ड़ा. विनोद विन्दु शर्माको आतिथ्यता एवं नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका सभापति डण्डराज शर्माको सभापतित्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ।

उक्त बैठकको समन्वय मन्त्रालयले गरेको थियो भने व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार सेवाले गरेको थियो। उक्त बैठकमा गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लाका शाखाका सभापति र रक्तसञ्चारका इन्चार्जहरूलाई आमन्त्रण गरिएको थियो। उक्त बैठकमा जिल्लास्थित सभापति, प्रतिनिधिहरूबाट आआफ्नो जिल्लाको प्रगतिको अवस्थाका बारेमा विवरण पेश भएको थियो।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवालीले समग्र गण्डकी प्रदेशको रक्तसञ्चार सेवाको अवस्था लगायत वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले मन्त्रालयको तर्फबाट बोल्दै रक्तसञ्चार सेवाको लागि गण्डकी प्रदेश सरकारले रगत तथा रगतजन्य सेवा नि:शुल्क गरेको बताउनुहुँदै नेपाल रेडक्रस सोसाइटीले गरेको मानवीय सेवाको उच्च प्रशंशा गर्नुभएको थियो।

कार्यक्रममा बोल्नुहुँदै मन्त्रालयका मा. मन्त्री सुशिला सिंखडाले गण्डकी प्रदेश सरकारले गरेको नि:शुल्क रक्तसञ्चार सेवाको निरन्तरता हुने बताउनुहुँदै यससँग सम्बन्धित सेवाका लागि प्रदेश सरकारले थप सहयोग गर्न सधैं तत्पर रहेको बताउनु भयो। उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै नेपाल रेडक्रस सोसाइटीबाट हुने मानवीय सेवाको निरन्तरताको अपेक्षा गर्नुभयो।

कम्पाउण्ड सेवा सहित तेत्तीस हजार युनिट रगत वितरण गरेको कास्की शाखा नेपालकै उत्कृष्ट सेवा प्रदान गर्ने शाखाका रूपमा हालसालै पुरस्कृत समेत भएको बताउनुहुँदै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले संकलित रगतको गुणस्तर कायम राख्नका लागि थप योजना बनाउनुपर्ने बताउंदै रक्तसञ्चार सेवाका लागि आवश्यक हुने जनशक्ति, भौतिक पूर्वाधार, एम्बुलेन्स, भ्यान सहित औजार उपकरणको व्यवस्थापनको चुनौती रहेको बताउनुहुँदै उक्त कार्यमा सबैको सहयोगको अपेक्षा गर्नुभयो।

प्रादेशिक रक्तसञ्चार सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न।

Download: प्रादेशिक रक्तसञ्चार सम्बन्धी समन्वयात्मक बैठक सम्पन्न।