गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको सहजीकरणमा, स्वास्थ्य कार्यालय, बागलुङको अयोजना, काठेखोला गाउँपालिकाको समन्वय तथा काठेखोला गाउँपालिकामा पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता काठेखोला गाउँपालिकाका सामाजिक विकास समितिका अध्यक्ष खडक बहादुर थापाले गर्नुभएको थियो भने,प्रमुख अतिथिको आशसन ग्रहण सोही पालिकाका उपाध्यक्ष  खडक बहादुर थापाले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पालिकाका स्वास्थ्य शाखा प्रमुख सोमराज पाण्डेले गर्नुभएको थियो।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका तथ्यांक अधिकृत प्रविण भण्डारी तथा स्वास्थ्य कार्यालयका घनश्याम सापकोटाले सहजीकरण गरेको कार्यक्रममा पालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत, प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्षले मन्त्वय राख्नु भएको थियो। यस पालिकामा तथ्याङ्क संकलन गर्ने कार्याक्रम पौष महिनाको १५ भित्रमा सक्ने योजना रहेको छ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष श्री तेज बहादुर थापाले आफ्नो पालिकामा लागु भएको eHMIS कार्यक्रमको अनुगमन गर्नुभएको छ ।  उहाँका अनुसार यस कार्यक्रमले कुन दिन कुन स्वास्थ्य संस्थामा कति जनाले के के स्वास्थ्य सेवा लिए यहिबाट हेर्न सकिने भएकाले निकै सजिलो भएको बताउनु भएको छ । स्वास्थ्य क्षेत्रको अनुगमनका लागि भौतिक रुपमै स्वास्थ्य संस्था जानु पर्दैन । उहाँका अनुसार "मैले दिनमा कम्तिमा एक पटक यो system खोलि काहाँ के के भएको छ भनेर हेर्छु" आफुले खोजेको जस्तो system रहेको बताउनु भयो । यस्तै system सबै क्षेत्रमा आवश्यक रहेको बताउनु भयो ।

पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न।

Download: पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न।