गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

एकीकृत परिवार स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा तनहुँ जिल्लाको भिमाद नगरपालिका स्थित नगरकार्यपालिकाको कार्यालयमा जनप्रतिनिधिहरुका लागी एकीकृत परिवार स्वास्थ्य प्रोफाइल (integrated health profile) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा भिमाद नगरपालिका प्रमुख दधिराज सुबेधी, उपप्रमुख शारदा खनाल, स्थानीय वडा अध्यक्षहरु लगायतका जनप्रतिनिधिहरू, भिमाद नगरपालिका स्वास्थ्य शाखा प्रमुख टुकामणी सिग्देल, भिमाद प्राथमिक स्वास्थ केन्द्रका डाक्टर प्रसान्त मिश्र लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ तथ्यांक अधिकृत दिवाकर शर्मा, बरिष्ठ कविराज निरीक्षक नबिन किरण भुसाल, अधिकृत छैठौं राम मणि ढुङ्गाना, आई. टि. अफिसर अस्मित पौडेल साथै स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख शंकर अधिकारी लगायतले सहजीकरण गर्नु भएको थियो।

नगरपालिका अध्यक्ष दधिराज सुबेदिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीको अध्यक्षतामा सञ्चालन भएको थियो ।

एकीकृत परिवार स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: एकीकृत परिवार स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।