गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

राम्जा देउराली स्वास्थ्य चौकी, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा निक साईमन्स ईन्स्टिच्युट, ललितपुरको सहयोगमा राम्जा देउराली स्वास्थ्य चौकी, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।

राम्जा देउराली स्वास्थ्य चौकी, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पाँचौ फलोअप कार्यक्रम हो

कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा पर्बत अस्पताल, पर्बतका मेशु डाक्टर हेमन्त बाँस्तोला, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक श्री हेमन्त शर्मा पौडेल, कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल, स्वास्थ्य कार्यालय, पर्बतका प्रमुख श्री एक नारायण लम्साल र निक साईमन्स ईन्स्टिच्युट, ललितपुरका गण्डकी प्रदेश संयोजक सुष्मा लामाको उपस्थिति रहेको राम्जा देउराली स्वास्थ्य चौकी, पर्बतको पाँचौ फलोअपमा ३२% अंक प्राप्त भएको छ

प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता राम्जा देउराली स्वास्थ्य चौकी, पर्बतको ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियोभने मोदी गाउँपालिका, पर्वतका अध्यक्ष श्री हिरादेवी शर्माले प्रमुख अतिथिको रुपमा उपस्थित रहनुभएको थियो

कार्यक्रममा मोदी गाउँपालिका, पर्वतका प्रमुख प्रशासकिय अधिकृत, ब्यबस्थापन समितिका सदस्य, स्वास्थ्यकर्मीहरुको समेत उपस्थिति रहेको थियो

राम्जा देउराली स्वास्थ्य चौकी, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: राम्जा देउराली स्वास्थ्य चौकी, पर्बतको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।