रुपाकोट अस्पताल, कास्कीको एकिकृत अनुगमन सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना एवं रुपा गाउँपालिका, कास्कीको समन्वयमा रुपाकोट अस्पताल, कास्कीको एकिकृत अनुगमन सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारले प्रदेश भित्र भएका सबै नगर अस्पतालको न्युनतम मापदण्ड कार्यक्रम लागु गर्ने लक्ष्य बमोजिम रुपाकोट अस्पताल, कास्कीको अनुगमन गरेको हो। स्वास्थ्य निर्देशानलय, गण्डकी प्रदेशले सबै जिल्ला अस्पतालको पहिलो चरणको न्युनतम सेवा मापदण्ड सम्पन्न गरिसकेको छभने पालिका अन्तर्गतका १५ वटा नगर अस्पतालको समेत सम्पन्न भईसकेको छ।
उक्त अनुगमन कार्यक्रमका स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा, प्रशासन अधिकृत कृष्ण प्रसाद पनेरु, रुपा गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र ओझा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
Download: रुपाकोट अस्पताल, कास्कीको एकिकृत अनुगमन सम्पन्न।