गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

रिसेप (RESHAPE) परियोजनाको संक्षिप्त उपलब्धि तथा छलफल कार्यक्रम  सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा टिपियो नेपालको सहयोगमा रिसेप (RESHAPE) परियोजना अन्तर्गत गण्डकी प्रदेश सरकारद्वारा पर्वत र कास्की जिल्लाहरुमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको १ दिने संक्षिप्त उपलब्धि तथा छलफल कार्यक्रम  सम्पन्न भएको छ।

कार्यक्रममा सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माको प्रमुख उपस्थिति रहेको थियोभने पर्बत र कास्कीका आठ वटा गाउँ/नगरपालिकाका प्रमुख/उपप्रमुखको विशिष्ट उपस्थिति रहेको थियो।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको अध्यक्षतमा संचालित उक्त कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रमेश प्रसाद अधिकारि,  सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र, पालिकाका स्वास्थ्य शाखा प्रमुख, टिपियो नेपालका प्रतिनिधिहरुको समेतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्माले थियो।

रिसेप (RESHAPE) परियोजनाको संक्षिप्त उपलब्धि तथा छलफल कार्यक्रम  सम्पन्न।

Download: रिसेप (RESHAPE) परियोजनाको संक्षिप्त उपलब्धि तथा छलफल कार्यक्रम  सम्पन्न।