"राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन योजना २०८०-२०९०" को मस्यौदामा छलफल सम्पन्न।
| सामान्य
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको समन्वय एवं विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा मिति २०८०/०५/२२ गते पोखरामा "राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन योजना २०८०-२०९०" को मस्यौदा उपरको छलफल कार्यक्रम सम्पन्न भएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको अध्यक्षता तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्नपूर्ण गा.पा. अध्यक्ष विष्णु बहादुर के.सी., पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा भरत बहादुर क्षेत्री, प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशका महानिर्देशक मनमोहन मिश्र, स्वास्थ्य तालीम केन्द्रका नि. महानिर्देशक रमेश प्र अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा समीर कुमार अधिकारी, शम्भु प्र ज्ञवाली, पोखरा विश्वविद्यालयका सहप्राध्यापक लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कास्की जिल्ला स्थित स्वास्थ्य संबद्ध कार्यालयका प्रमुख, नागरिक मञ्च, महिला तथा अपांगताको क्षेत्रमा कृयाशिल संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतले आफ्ना सुझावहरू राख्नु भएको थियो।
उक्त कार्यक्रम मार्फत गण्डकी प्रदेशवाट सुझावहरू संकलन गरिएको छ।
Download: "राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन योजना २०८०-२०९०" को मस्यौदामा छलफल सम्पन्न।