गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

"Report Presentation/Submission of HCWM and WASH" कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा WHO Nepal GIZ Nepal को सहयोगमा "Report Presentation/Submission of HCWM and WASH" कार्यक्रम सम्पन्न भएको छ

कार्यक्रममा स्वास्थ्य सेवा बिभाग, काठमाडौँका महानिर्देशक, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्मा, स्वास्थ्य सेवा विभागका निर्देशकहरु, महाशाखा प्रमुखहरु, गण्डकी प्रदेशका प्रादेशिक स्वास्थ्य संबन्धित कार्यालयका महानिर्देशक, निर्देशक, गण्डकी प्रदेश मातहतका जिल्ला अस्पतालका प्रमुख तथा प्रतिनिधिहरु, मन्त्रालय, निर्देशनालयका महाशाखा, शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रम संचालन उर्मिला बरालले गर्नुभएको थियो।

सो कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशद्वारा संचालित न्युनतम सेवा मापदण्डको बार्षिक समिक्षाले तयार पारेको MSS Process Indicator Draft स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशकले हस्तान्तरण गर्नुभएको छ

"Report Presentation/Submission of HCWM and WASH" कार्यक्रम सम्पन्न।

Download: "Report Presentation/Submission of HCWM and WASH" कार्यक्रम सम्पन्न।