गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

सफलताको कथा:- समन्वयले जोगाऊछ ज्यान !!!


| सामान्य


पर्वत जलजला गाउँपालिका-८, नाग्लिवाङकी गर्भवती आमा प्रसुति व्यथा लागेपछी सुरक्षीत प्रसुतीकालागी नजिकैको धवलागिरी अस्पताल पुग्छिन्। धवलागिरी अस्पतालमा Eclampsia को आकस्मिक अप्रेशन भइरहेको अवस्थामा निज आमाको fetal distress भएकोले अर्को अप्रेशनको लागि तत्कालै सम्भव नभएकोले तहाँ अस्पतालका चिकित्सकको सल्लाह र पर्वत अस्पतालसँग समन्वय गरि अस्पतालकै एम्वुलेन्स मार्फत पर्वत अस्पतालमा रिफर हुन्छिन्। पर्वत अस्पतालको डाक्टर हेमन्त बाँस्तोला नेतृत्वको अप्रेशन टिम तयारी साथ अप्रेशन कक्षमै रहेको थियो।

गर्भवती आमा अस्पतालको अप्रेशन कक्षमा पुगेको केही मिनेटमै अप्रेशन गरी आमा र बच्चाको ज्यान बचाउन अस्पताल सफल भएको छ। नजिकमा रहेका स्वास्थ्य स‌ंस्थाहरुले समन्वय र सहकार्य गरेमामात्र पनि विरामीको ज्यान बचाउन सकिदो रहेछ भन्ने उदाहरण प्रमाणित भएको छ। मिति २०८०/१०/२१ गते पर्वत अस्पतालमा एकै रातमा ४ वटा सामान्य प्रसुती र अप्रेशनगरेका ५ जना सहीत ९ जना आमा र बच्चा भर्ना रहेका छन्। यससगै माघ महिनामा पर्वत अस्पतालको अप्रेशन कक्षमा १३ जना शल्यक्रिया मार्फत प्रसुती १ वटा हर्निया २ वटा एपेन्डिक्स लगाएतका साना ठूला अप्रेशन सफलता पुर्वक भएका छन्।

सफलताको कथा:-  समन्वयले जोगाऊछ ज्यान !!!

Download: सफलताको कथा:- समन्वयले जोगाऊछ ज्यान !!!