गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्थानिय जडिबुटीको पहिचान संरक्षण र प्रयोग  सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।


| सामान्य


धौलागिरी आयुर्वेद औषधालय, बाग्लुङ्गको आयोजना एबम काठेखोला गाउँपालिका, वडा नम्बर ३ को कार्यालय  र बिहु आयुर्वेद औषधालयको स्थानिय संयोजनमा काठेखोला ३ धम्जामा जडिबुटी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको स्थानिय तहको सहकार्यमा सरोकारवालालाई स्थानिय जडिबुटीको पहिचान संरक्षण र प्रयोग  सम्बन्धी १ दिने  अभिमुखिकरण कार्यक्रम सम्पन्न  भएको छ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधी, कर्मचरी सहित स्वयंसेविका, बन समूह प्रतिनिधि, सहकारी समुह प्रतिनिधि र स्थानीय तहमा क्रियाशील विभिन्न पार्टि प्रतिनिधि लगयत  ५५ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता धौलागिरी आयुर्वेद औषधालय प्रमुख डाक्टर शरद पन्थी र प्रमुख अतिथि वडा वडा न. ३ काठेखोला गाउपालिकाका वडा अध्यक्ष कुल बहादुर बि.क.को प्रमुख अतिथ्यतामा डाक्टर कमल बिक्रम पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो।कार्यक्रममा डाक्टर शरद पन्थी र डाक्टर कमल बिक्रम पौडेलले धौलागिरी आयुर्वेद औषधालय बागलुंग बाट संचालित  आयुर्वेद  चिकित्सा सेवा, जडिबुटी  संकलन संरक्षण प्रयोग विधि, स्थानीय जडिबुटीको उपयोग र सेवन योग्य अवस्था, हाम्रो भान्छा र वरिपरिको जडिबुटी  प्रयोग, महत्त्व र प्रयोगमा साबधानी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

स्थानिय जडिबुटीको पहिचान संरक्षण र प्रयोग  सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।

Download: स्थानिय जडिबुटीको पहिचान संरक्षण र प्रयोग  सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न।