गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

"स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।


| सामान्य


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, लमजुङको आयोजनामा मिति २०८१\०१/२४ गतेका दिन सुन्दरबजार नगरपालिका वडा नं १० को वडा कार्यालयमा त्यस वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, गृहिणी लगायत विभिन्न आमासमुहबाट पाल्नुभएका प्रतिनिधिज्युहरुको सहभागितामा "स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न भएको छ।

उक्त कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, लमजुङका प्रमुख डाक्टर उत्सव पौडेलको अध्यक्षता तथा सुन्दरबजार नगरपालिका वडा नं १० का वडा अध्यक्ष दिपक राज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

७० जना सहभागिता रहेको सो कार्यक्रममा डाक्टर उत्सव पौडेल र प्रेम प्रसाद पौडेलले आहार विधि विधान, भान्सा वरिपरी पाइने जडिबुटीको बिषयमा सैद्धान्तिक साथै अंकुरित भोजन, तक्र (मोही), बिल्व पानक(बेलको सर्वत), वरुण (सिप्लिकान) को परिकारको निर्माण विधि, उपयोग एवं लाभको बारे प्रयोगात्मक विषयमा आधारित रही अभिमुखीकरण गर्नु भएको थियो ।

"स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।

Download: "स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहणीहरुका लागि भान्सा सुधार कार्यक्रम" सम्पन्न।