स्वास्थ्य कार्यालय, म्याग्दीको जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न।
| सामान्य
१० बुंदे प्रतिवद्वता पत्र सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय, म्याग्दीको आयोजनामा आर्थिक बर्ष २०७९/२०८० को जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
बार्षिक समिक्षाको अवसरमा आर्थिक वर्ष २०७९/८० मा कार्य सम्पादनका आधारमा उकृष्ट स्वास्थ्य शाखा घोषणा गरिएको थियो।
जसमा वेनी नगरपालिका प्रथम, अन्नपूर्ण गाउँपालिका द्धितिय र मालिका गाउँपालिका तृतीय स्वास्थ्य शाखा उकृष्ट घोषित भएका थिए। सामजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिब डाक्टर बिनोद बिन्दु शर्माबाट सम्मान प्रदान गरिएको थियो।