गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्य निर्देशनालय अन्तर्गतका सबै आयुर्वेद संस्थाहरुले नवौं राष्ट्रिय योग दिवस बिभिन्न कार्यक्रम संचालन गरि मनाएका छन्।


| सामान्य


गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गतको गण्डकी आयुर्वेद औषधालय, कास्की र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा योगाभ्यास तथा जिज्ञासा र छलफल सहित पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा नवौं राष्ट्रिय योग दिवस मनाइएको छ।

पोखरा महानगर, कास्कीका शैक्षिक प्रशासन महाशाखा एवं स्वास्थ्य महाशाखा प्रमुख हेम प्रसाद आचार्यको अध्यक्षता तथा महानगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रमका प्रमुख योग प्रशिक्षक डाक्टर महेश्वर भट्ट रहनुभएको थियो। उक्त कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, स्वास्थ्य निर्देशनालयका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल, सामाजिक विकास तथा स्वास्थ्य  मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डाक्टर रमेश कुमार के.सी., स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख राम बहादुर नेपाली, गण्डकी आयुर्वेद औषधालय, कास्कीका प्रमुख डाक्टर कुमार कासुला, महानगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, मन्त्रालय, महानगर र अन्तर्गतका कार्यालयका विभिन्न कर्मचारीहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो।

यसैगरि "गरौ योग रहौ निरोग" भन्ने नाराका साथमा धौलागिरी आयुर्बेद औषधालय, बाग्लुङ्गको आयोजनामा पनि राष्ट्रिय योग दिवस २०८० भव्यताका साथ मनाईएको छ।

यसैगरि "गरौ योग रहौ निरोग" भन्ने नाराका साथमा जिल्ला  आयुर्बेद स्वास्थ्य केन्द्र, स्याङ्गजाको आयोजनामा पनि राष्ट्रिय योग दिवस २०८० भव्यताका साथ मनाईएको छ।

"गरौ योग रहौ निरोग" भन्ने नाराका साथमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, गोरखा र म्याग्दीको आयोजनामा राष्ट्रिय योग दिवस २०८० विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाईएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (ब.सु.पूर्व) को आयोजनामा राष्ट्रिय योग दिवस २०८० विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाईएको छ। आफ्नै कार्यालय परिसरमा नवौं राष्ट्रिय योग दिवस मनाएको छ। स्थानीय जना प्रतिनिधि, स्थानीय जनता तथा कार्यालयका कर्मचारीहरुका बीच उक्त कार्यक्रम सञ्चालन भएको हो। योग प्रशिक्षण कार्यक्रम कार्यालयका प्रमुख डाक्टर सुजाता शर्मा तथा कर्मचारीहरुबाट सञ्चालन भएको थियो।

स्वास्थ्य निर्देशनालय अन्तर्गतका सबै आयुर्वेद संस्थाहरुले नवौं राष्ट्रिय योग दिवस बिभिन्न कार्यक्रम संचालन गरि मनाएका छन्।

Download: स्वास्थ्य निर्देशनालय अन्तर्गतका सबै आयुर्वेद संस्थाहरुले नवौं राष्ट्रिय योग दिवस बिभिन्न कार्यक्रम संचालन गरि मनाएका छन्।