गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गोरखा अस्पताल, गोरखाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको एघारौं फलोअप सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गोरखा अस्पताल, गोरखाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको एघारौं फलोअप सम्पन्न भएको छ। गोरखा अस्पतालको न्युनतम सेवा मापदण्डको एघारौं फलोअपमा ९०% अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा डाक्टर धर्मदेव ढकाल, मेशु, मातृशिशु मितेरी अस्पताल, कास्की, डाक्टर अन्जु थापा, मेशु, बेनी अस्पताल, म्याग्दी, डाक्टर जितेन्द्र कंडेल, मेशु, मध्यबिन्दु जिल्ला अस्पताल, नवलपरासी पुर्ब , डाक्टर विशाल तिवारी, मे.सु. लमजुङ्ग अस्पताल, लमजुङ्ग, डाक्टर तेजेश नेपाल, मे.सु., मुस्ताङ अस्पताल, मुस्ताङ, डाक्टर भारती मेहता, मेशु, मनाङ्ग अस्पताल, मनाङ्ग, डाक्टर रुक्मिना अधिकारि, मेशु, स्याङ्गजा अस्पताल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो।

अस्पतालको समग्र अवस्थाका बारेमा गोरखा अस्पतालको मेशु डाक्टर सिद्धार्थ खनालले  प्रस्तुतीकरण राख्नुभएको थियो। कार्यक्रम अस्पतालका ब्यबस्थापन समितिका अध्यक्षको अध्यक्षतमा संचालन भएको थियो।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक  हेमन्त शर्मा पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा धौलागिरी अस्पताल, बाग्लुङ्गका मेशु डाक्टर रबिरंजन प्रधान, सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका चिकित्सा माहाशाखा प्रमुख डाक्टर रमेश केशीको बिशिष्ठ उपस्थिति रहेको थियो।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गोरखा अस्पताल, गोरखाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको एघारौं फलोअप सम्पन्न।

Download: स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा गोरखा अस्पताल, गोरखाको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको एघारौं फलोअप सम्पन्न।