गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

स्याङ्गजामा eHMIS कार्यक्रम संचालन ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग, स्वास्थ्य कार्यालय, स्याङ्गजाको समन्वयमा तथा वालिङ्ग नगरपालिका, स्याङ्गजाको आयोजनामा वालिङ्ग

नगरपालिका, स्याङ्गजा अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा विद्युतिय स्वास्थ्य व्यवस्थापन प्रणाली (EHIRSS) कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको अध्यक्षता वालिङ्ग नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय, स्याङ्गजाका प्रमुख कृष्ण प्रसाद अर्याल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका तथ्यांक अधिकृत प्रविण भण्डारीले कार्यक्रममा आतिथ्यता  ग्रहण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले गर्नुभएको थियो। साथै मिति २०८०/०७/२१ गतेका दिन वालिङ्ग नगरपालिका, स्याङ्गजामा eHMIS कार्यक्रमको पचारीक शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय सुरेन्द्रराज पाण्डेबाट हुनेछ।

स्याङ्गजामा eHMIS कार्यक्रम संचालन ।

Download: स्याङ्गजामा eHMIS कार्यक्रम संचालन ।