गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

तनहुँमा डेंगु सचेतना कार्यक्रम संचालन।


| सामान्य


स्वास्थ्य कार्यालय, तनहुँको आयोजनामा डेंगु सचेतना कार्यक्रम संचालन भएको छ। 

व्यास नगरपालिका वडा न ०२, तनहुँ बाग बजार टोलमा बर्सातको समयमा घर वरिपरि पानी जम्मा हुने सानाठूला खाल्डाहरु तथा फोहरहरुमा लामखुट्टे तथा झिँगाको उत्पादन वृद्धि भई डेङ्गु, टाइफाइड, झाडापखाला लगायत आँखा पाक्ने रोग समेत एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सार्ने भएकोले कार्यालय तथा समुदायलाई सफा राख्ने सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा स्वास्थ्य निर्देशानलय, गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काको प्रमुख उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका डाक्टर बेदना पोख्रेलले गर्नुभएको थियो।

तनहुँमा डेंगु सचेतना कार्यक्रम संचालन।

Download: तनहुँमा डेंगु सचेतना कार्यक्रम संचालन।