दर्बाङ्ग अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा निक साईमन्स ईन्स्टिच्युट, ललितपुरको सहयोगमा दर्बाङ्ग अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ।
दर्बाङ्ग अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको छैठौ फलोअप कार्यक्रम हो।
कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा बेनी अस्पताल, म्याग्दीका मेशु डाक्टर अन्जु थापा, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बराल र निक साईमन्स ईन्स्टिच्युट, ललितपुरका गण्डकी प्रदेश संयोजक सुष्मा लामाको उपस्थिति रहेको थियो।
दर्बाङ्ग अस्पताल, म्याग्दीको छैठौ फलोअपमा ५१% अंक प्राप्त भएको छ।प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष तथा दर्बाङ्ग अस्पताल, म्याग्दीका अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका पूर्व मन्त्री नरदेबी पुन र मालिका गाउँपालिका, म्याग्दीका अध्यक्षको उपस्थिति रहेको थियो।

Download: दर्बाङ्ग अस्पताल, म्याग्दीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।