गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

दादुरा रुवेला सम्बन्धी राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्तर्गतको सञ्चारकर्मीहरुसँग प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रम संचालन।


| सामान्य


स्वास्थ्य निर्देशानलय, गण्डकी प्रदेशको आयोजना तथा WHO/Gandaki को सहयोगमा दादुरा रुवेला सम्बन्धी राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्तर्गतको सञ्चारकर्मीहरुसँग प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रम संचालन भएको छ ।  

कार्यक्रमको अध्यक्षता स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको थियो। उक्त  छलफल तथा अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अस्पताल नर्शिङ्ग प्रशासक अन्जु पौडेल, जनस्वास्थ्य निरिक्षक बिष्णु सुबेदी, बिश्व स्वास्थ्य संगठन, गण्डकीका डाक्टर रामु शर्मा, डाक्टर स्मृति लामा र प्रतिनिधिहरु, पत्रकार महासंघ, गण्डकीका सचिब लगायत प्रदेशमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा पत्रकारहरुले सोध्नुभएको बिषयबस्तुमा छलफल समेत भएको थियो। कार्यक्रम मुख्य बिषयबस्तुको प्रस्तुतीकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले गर्नुभएको उक्त कार्यक्रमको संचालन स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्माले गर्नुभएको थियो।

दादुरा रुवेला सम्बन्धी राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्तर्गतको सञ्चारकर्मीहरुसँग प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रम संचालन।

Download: दादुरा रुवेला सम्बन्धी राष्ट्रिय दादुरा रुवेला खोप अभियान अन्तर्गतको सञ्चारकर्मीहरुसँग प्रदेश स्तरीय अन्तर्क्रिया कार्यक्रम संचालन।