गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

धौलागिरी अस्पताल, बागलुङको ६५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न।


| सामान्य


धौलागिरी अस्पताल, बागलुङको आयोजनामा ६५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०१५ सालमा डिपेन्सरी सेवा सहित स्थापना भएको धौलागिरी अस्पतालले हाल विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शुभकामना मन्तब्य दिनुभएको थियो।उहाँले धौलागिरी अस्पताल र नगरपालिका बीच थप समन्वय गरी प्रदेशमानै उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापनालागि पहल कदमी गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत रही उत्कृष्ट सेवा प्रदान गर्ने ८ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो। सम्मान हुनेमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर विजय ओझा, मेडिकल अधिकृत डाक्टर नकुल रेग्मी, बरिष्ठ नर्सिङ अधिकृत शान्ती भण्डारी, अहेब दुर्गा श्रीष, ल्याब असिस्टेण्ट लाल कुमारी बस्नेत, सहयाक लेखापाल ध्रुव प्रसाद सुवेदी, मेडिकल रेकर्डर नवराज पौडेल र कार्यालय सहयोगी राज कुमारी थापा रहनुभएको छ। कार्यक्रम धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण पप्रसाद शर्मा पौडेलको अध्यक्षता, प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रबि रंजन प्रधानको स्वागत तथा मेडिकल रेकर्डर नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

धौलागिरी अस्पताल, बागलुङको ६५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न।

Download: धौलागिरी अस्पताल, बागलुङको ६५ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न।